लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गौमुल गाउँपालिका-५ नक्राडामा जनचेतनामूलक विविध कार्यक्रम सहित अभियान सम्पन्न गरिएको छ । वडा कार्यालयको आयोजनामा शुक्रबार सम्पन्न औपचारिक समारोह सहित १६ दिने अभियानको समापन गरिएको हो ।
बालविकास नमूना माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थी-शिक्षकमा अनुशासन मजबुतिकरणका उद्देश्यले बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहभागितामा विद्यालय परिसरमै आयोजित औपचारिक कार्यक्रममा सकृय छलफल तथा सुझाव संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बोहराले जानकारी दिएका छन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा दुई करोड ३६ लाख ६० हजार ३२६ रुपैयाँ खर्च गरेर चार वर्षअघि क्याम्पसका लागि निर्माण गरिएका सरकारी भवन आजसम्म प्रयोगमा आउन सकेका छैनन् ।
लक्ष्यहरु प्राप्तिका लागि उत्प्रेरित गराउँने उद्देश्यसहित युवाहरुका लागि तालिम सञ्चालन गरिएको जिविकोपार्जन अधिकृत अर्जुन शाहीले बताएका छन् । जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि २५ जना युवाहरुलाई तालिममा प्रदान गरिएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतका ‘स्टोर’ गैरकानुनी रुपमा कर्मचारीले कब्जा गरेका छन् । कब्जा गरिएका ‘स्टोर’ मा श्रेणीविहीन कर्मचारीदेखि उपसचिवसम्मले आवास सुविधा लिएका छन् । सामाजिक विकास मन्त्रालयसँग स्टोरका लागि सम्झौता गरिएका कैलालीको धनगढी-५ हसनपुरस्थित दुई ठूला भवन कर्मचारीको कब्जामा परेका हुन् ।








देउडा गितको शब्द कडारले कोर्नु भएको हो, भने संगित पनि उनले नै भरेका हुन् । स्टुडियो मधुमालमा तयार भएको उक्त गितमा दिपक संगम बिसीको एरेन्ज रहेको छ । ब्याङ्गलोरको शहरमा गरिएको भिडियोको छायांकन नविन गरीले गरेका हुन् ।























रमेश चन्द सोडारी अहिले चलचित्र अनि म्युजिक भिडियो दुबैमा अभिनय गर्दै आफ्नो अभिनयको यात्रा अघि बढाइरहेका छन। उनले अहिले आफुले गरेको काममा तारिफ समेत पाइरहेका छन।